नियम २००
लेखा वा लेखा विवरण दाखिला गर्ने
(१) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहाय बमोजिमको विवरण देहाय बमोजिम दाखिला गर्नु पर्नेछ ः–
(क) दैनिक पठाउनु पर्ने विवरण भोलिपल्ट,
(ख) साप्ताहिक रुपमा पठाउनु पर्ने विवरण सो समय समाप्त भएको तीन दिनभित्र,
(ग) मासिकरुपमा पठाउनु पर्ने विवरण महिना भुक्तान भएको सात दिनभित्र,
(घ) वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र,
(ङ) महालेखा परीक्षकको कार्यालय वा अर्थ मन्त्रालय वा महालेखा नियन्त्रक कार्यालय वा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय
वा जिल्ला विकास समिति वा अख्तियारी दिने कार्यालय वा सम्बन्धित मन्त्रालयले मागेको विवरण माग गरिएको पत्रमा उल्लेख भएको
म्यादभित्र,
(च) अन्य निकायबाट विवरण प्राप्त गरी पठाउनु पर्ने प्रतिवेदनमा त्यस्तो विवरण प्राप्त भएको तीन दिनभित्र ।
(२) उपनियम (१) बमोजिम तोकिएको म्यादभित्र विवरण पठाउन नसकेमा पठाउन नसक्नाको कारण खोली पटके रुपमा पठाउनु पर्ने विवरणका हकमा माग गर्ने निकायको प्रमुखस“ग र नियमित रुपमा पठाउनु पर्ने विवरणको हकमा सम्बन्धित
अधिकारी वा संस्थास“ग म्याद थप माग गरी निकासा भै आए अनुसार गर्नु पर्नेछ ।